नेपाल पक्षका रावल, भुसाल र पाण्डेले भने –संसद जोगियोस् भनेर ओलीविरुद्ध हस्ताक्षर गर्न बाध्य भयौँ

नेपाल पक्षका रावल, भुसाल र पाण्डेले भने –संसद जोगियोस् भनेर ओलीविरुद्ध  हस्ताक्षर गर्न बाध्य भयौँ
+
-

काठमाडौँ-  नेकपा एमाले नेता भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले संसद जोगियोस् भनेर आफूहरुले नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेको बताएका छन्।

सिंहदबारमा शुक्रबार नेकपा एमाले विवाद समाधान कार्यदलको बैठकमा उनीहरुले संसद जोगाउनका लागि आफूहरु प्रधानन्त्री केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर गर्न बाध्य भएको दाबी गरेका हुन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई काम गर्ने गतिलो अवसर भएपनि उहाँले त्यसको सदुपयोग गर्न नसकेको र पार्टी पनि संकटमा परेको निष्कर्ष सुनाएका थिए।
रावल, भुसाल र पाण्डेलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘ हामीले संसद बचोस् भनेर प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेका हौँ। प्रधानमन्त्रीले दाबी गर्ने विषयमा हाम्रो चासो भएन।’

अर्को बैठक अनिश्चित


बैठकमा कार्यदलले पाएको जिम्मेवारीबारे सामान्य छलफल भएको छ। कार्यदलले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच भएको समझदारी अनुसार २०७५ जेठ २ गते फर्केर समस्याको समाधानको प्रस्ताव पेश गर्ने जिम्मेवारी पाएको थियो।

ओली र नेपालले यही जेठ १ गते आआफ्ना तर्फबाट पाँचपाँच जना सदस्यहरु राखेर कार्यदल गठन गरेका थिए। कार्यदललाई कम्तिमा तीन दिनमा प्रस्ताव पेश गर्ने जिम्मेवारी दिइएकोमा शुक्रबार दोस्रो पटक बैठक बसेको थियो।

यसअघि बिहीबार पाँच बजेलाई निर्धारित कार्यदलको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो। स्रोतका अनुसार नेताहरु कार्यलदलको अर्को बैठक सहमतिमा निर्धारण गरौँला भन्दै उठेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?