
काठमाडौँ- नेकपा एमाले नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन विपक्षी गठबन्धनबाट नयाँ सरकारका लागि प्रस्तुत भएको दाबीमा आफूले हस्ताक्षर नगरेको बताएका छन्।
नेता माधवकुमार नेपाल पक्षका भनेर चिनिएका नेता भट्टराईले काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको बताए।
उनले भने,‘ पार्टी एकता जोगियोस् भन्नेमा म गम्भीर छु। यसका लागि म लागि पनि रहेको छु।’
नेपाल पक्षका अन्य सांसदहरुले भने शेरबहादुर देउवाको पक्षमा उभिएको बताइएको छ। देउवालाई समर्थन गर्नेमा नेपालसहित उनी पक्षधर २७ सांसद भएको दाबी गरिएको छ।