एनसेलद्वारा सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

एनसेलद्वारा सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
+
-

काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले यस कोरोनाभाइरस रोग (कोभिड १९) को संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न सरकारलाई सहयोग गर्दै आफूले हस्तान्तरण गर्ने १५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्समध्ये पहिलो लट शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले १५० थानभन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्घता जनाएको छ। कोरोनाभाइरस रोगबाट संक्रमित बिरामी जसको रगतमा अक्सिजन लेबल कम हुन्छ त्यस्ता बिरामीका लागि अक्सिजन एक आधारभूत मेडिकल आवश्यकता हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लटअन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।

कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिनेछन् ।

‘एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौं। अक्सिजनको चरम अभाव रहेको अहिलेको विषमपरिस्थितिमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्व राख्छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहेका मानिसको जीवन बचाउन योगदान दिनेछ र साथै जिल्लास्तरका अस्पतालको चिकित्सा पूर्वाधार विकासमा सहयोग पु¥याउने छ।’

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, ‘देशका जनतालाई सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिँदै यस महामारीको समयमा अमूल्य जीवन बचाउन सहयोग पु¥याउने हेतुले हामी अस्पताललाई १५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्दै छौँ।

एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा महामारी सुरु भएलगत्तै गत वर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान ग¥यौं । कोभिड प्रतिकार्यअन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि सुरु गरिसकेका छौं।

यसले चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहँु स्वास्थ्य परामर्श प्रदान गर्दछ।’
एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोन गरी कोरोना भाइरस रोगसम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिन्छ।

साथै, धुलिखेल अस्पतालमा स्थापना भएको हटलाइनको कल सेन्टरले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई दैनिक निःशुल्क स्वास्थ्य परामर्श पनि प्रदान गर्छ।

यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ।

ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले डेटा प्याकमा बोनस, वर्क फ्रम होम प्लान, डिजिटल प्लेटफर्मबाट सेवा खरिद गर्दा बोनस डेटा, सापटी सेवामा थप विकल्पजस्ता विभिन्न राहत प्याक ग्राहकका लागि ल्याएको छ। आफ्ना कर्मचारी कल्याणका लागि सञ्चालित अभियानअन्तर्गत, एनसेलले यस कठिन समयमा आफ्ना कर्मचारीलाई विशेष होम केयर सहयोग पनि प्रदान गर्दै आएको छ।

सन् २०२० मा एनसेलले कोभिड प्रतिकार्यअन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदानसहित ९.७० अर्ब बराबरको सेवा, सुविधा र योगदान पुर्‍याएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?