किन छोडे योगेशले नेपालको साथ?

किन छोडे योगेशले नेपालको साथ?
+
-

काठमाडौँ- कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो उत्रने नेकपा एमाले नेता योगेश भट्टराई निर्णायक मोडमा ओलीकै पक्षमा उभिएका छन्।

पछिल्लो पटक ओलीको संसद विघटनको निर्णयविरुद्ध माधवकुमार नेपालसँगै सडकमै उत्रिएर आन्दोलनको नेतृत्व गरेका नेता भट्टराई अन्ततः ओलीकै पक्षमा उभिएका हुन्।

नेकपा विवादको सुरुवाती चरणदेखिनै नेता भट्टराईले तत्कालिन एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालले अघि सारेका मान्यता र अडानको पक्षमा बोल्दै आएका थिए।

तर सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा भंग गरी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई ब्यूँताएपछि उनले नेकपा एमालेको आन्तरिक विवादमा सकभर मौन रहने प्रयास गरेका थिए।

त्यसैबखत उनले पार्टी एकताका लागि पहल सुरु गरेको दाबी गरेका थिए। प्रधानमन्त्री ओलीलाई एक्लै बालुवाटारमा भेटेर पार्टी बचाउन आफूले आग्रहसमेत गरेको उनको भनाई थियो।

उनी लगायत एमालेका दोस्रो तहका नेताहरुको सक्रियताका कारण नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि कार्यदल गठन भएको दाबी गरिएको थियो।
ओलीले गत वैशाख २७ गते संसदमा विश्वासको मत लिनेक्रममा नेपाल पक्षका अन्य २७ सांसदसँगै ह्वीप उल्लंघन गरेका भट्टराई शुक्रबार ओलीविरुद्ध निर्णय लिनबाट पछि हटेका हुन्।

नेपाल पक्षका अन्य २७ जना सांसदले विपक्ष नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित नयाँ सरकार गठनमा दाबी गर्दा उनले हस्ताक्षर गरेनन्।

त्यसको केहीबेरपछि उनले भने,‘ पार्टी एकता जोगाउन हस्ताक्षर गरिन्।’

भट्टराइको यो दाबीलाई नेपाल पक्षका एक सांसदले भने खण्डन गरेका छन्। ती सांसदले भने,‘ भट्टराई हामीसँग केही समय यता असन्तुष्ट हुनुहुहुन्थ्यो। भविष्य बलियो हुन्छ भन्ने हिसावकिताव गरेर उहाँ ओलीसँग मिसिनु भएको हो।’

यता नेता भट्टराईले भने जस्तो अव नेकपा एमाले एक हुने सम्भावना पनि छैन। नेपालसहित २७ जना सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेसँगै नेकपा फुटको संघारमा पुगेको छ।

यस्तो अवस्थामा उनले पार्टी एकताको प्रयासको नाममा अध्यक्षविरुद्ध नगएको भनेर पत्याउन नसकिने ती नेताले बताए।

तर भट्टराईले शुक्रबार साँझ सामाजिक सञ्जालमा भनेका छन्,‘ मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?