
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवा र केपी शर्मा ओली दुबैको दाबी खारेज भएको घोषण गरेलगत्तै नेकपा माओवादी केन्द्रले त्यसको विरोध गरेको छ।
माओवादी केन्द्रका नेता नेता वर्षमान पुनले राष्ट्रपति भण्डारीले ओली र देउवा प्रधानमन्त्रीका रुपमा अयोग्य ठहर गरेको केहीबेरमै विरोध जनाएका हुन्।
सामाजिक सञ्जालमा भनेका छन्,‘मध्यरातमा डकैती गरियो। ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’
राष्ट्रपति भण्डारी शुक्रबार अवेर संविधानको धारा ७६(५) बमोजिम देउवा र ओलीले नयाँ सरकार गठनका लागि पेश गरेको दाबीलाई राष्ट्रपति भण्डारीले खारेज गरेकी थिइन्।