
काठमाडौं-सरकारले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मध्यरातमा बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को आकस्किम बैठकले यस्तो निर्णय गरेको बैठकमा सामेल एक मन्त्रीेले बताए।
यस्तै बैठकले आगामी कार्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको ती मन्त्रीले जनाए।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माण हुन नसकेको दाबी गर्दै सरकारले संसद भंग र मध्यावधि चुनाव गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको ती मन्त्रीको भनाई छ।
‘आजको मन्त्रिपरिषद् बैठकले संसद भंग गर्न र कार्तिक २६ र मंसिर ३ मा निर्वाचनमा जानका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।’, ती मन्त्रीले देशसञ्चारसँग भने।