
काठमाडौँ– वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै विपक्षी गठबन्धनका दलहरु सर्वोच्च अदालत पुगेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेपाल–खनाल समूह र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूह १४६ जना सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार सर्वोच्च गएका हुन्।
रिट निवेदनमा सनाखत गर्न विपक्षी गठबन्धनका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादवसहित १४६ जना सांसद नै सर्वोच्च पुगेका छन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्।