ओलीद्वारा नेपालसहित ११ जना सांसद निष्कासन, थप १२ जनालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने

ओलीद्वारा नेपालसहित ११ जना सांसद निष्कासन, थप १२ जनालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने
+
-

काठमाडौँ- पार्टीलाई घात गरेको आरोपसहित नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका विद्रोही सांसद माधवकुमार नेपालसहित ११ जनालाई अन्ततः पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेका हुन्।

साथै उनले नेपाल पक्षका थप १२ जनालाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने भएका छन्।

खासगरी सर्वोच्च अदालतबाट ब्युँतिएको एमालेमा ह्वीप उल्लंघन, विपक्षीसँग मिलेर चुनावमा आफ्ना नेतालाई पराजित र विपक्षीकै नेतृत्वमा सरकार बनाउने कोशिश गरेको आरोप लगाएर नेपालसहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय ओलीले गरेका छन्।

उनले सोमबार बालुवाटारमा आफू पक्षीय स्थायी कमिटी बैठकमार्फत पछिल्लो पटक आफ्नो स्पष्टीकरणको जबाफ नदिएका सासदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका हुन्।

शनिबार बालुवाटारमा बसेको उनी पक्षीय पार्टीको स्थायी कमिटी बैठकले विपक्षीलाई साथ दिएको आरोपमा ११ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने र उनीहरुको जबाफ चित्तबुझ्दो नआए त्यसै अनुसार कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

नेपाल पक्षका २६ जना सांसदले शुक्रबार विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गर्दै नयाँ सरकार निर्माणको दाबीमा हस्ताक्षर गरेका थिए।

ती मध्ये ११ जना सांसदलाई मात्रै ओलीले स्पष्टीकरण सोधेका थिए। तर उनीहरुले ओलीलाई स्पष्टीकरणको जबाफ दिएनन। बदलामा उनीहरुले कारवाही भोग्न तयार भएको घोषणा गरेका थिए।

सोमबार ओलीको सिफारिसमा राष्ट्रपतिले भंग गरेको प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने, देउवालाई प्रधानमन्त्रीमा शपथ खुवाउनु पर्ने र संसद अधिवेशन बोलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा दिइएको रिटमा विपक्षी काँग्रेस, माओवादी, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चाका गरी १४६ जना सांसदले हस्ताक्षर गरेकोमा त्यहाँ नेपाल पक्षबाट २३ जना सांसद सामेल भएका थिए।

तर अन्तिममा नेपाल पक्षका सांसदहरु गोकर्ण विष्ट, योगेश भट्टराई, पवित्रा निरौला र गणेश पहाडी हस्ताक्षरबाट पछि हटेका थिए।

यी हुन ओलीले निकालेका सांसद


प्रत्यक्षतर्फ
१) माधवकुमार नेपाल
२)झलनाथ खनाल
३) भिम बहादुर रावल

समानुपातिकतर्फ

४) मुकुन्दन न्यौपाने
५)कल्याणी कुमारी खड्का
६) कलिला खातुन
७)रामकुमारी झाक्री
८)सरला कुमारी यादव
९)लक्ष्मी कुमारी चौधरी
१०)पुष्पा कुमारी कर्ण
११)निरादेवी जैरु

निष्कासनको मोड कसरी आयो?


एमाले नवौँ महाधिवेशनबाटै सम्बन्धमा आएको तिक्तता हटाउन ओली नेपाल असफल थिए। नेकपा गठनपछि ओलीबाट आफू अपमानित महशुस नेपालले गरे। ओलीविरुद्धको मोर्चा बलियो बनाउन नेपाल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काँध मिलाए।

नेपाल र प्रचण्डको मोर्चाले ओलीलाई नेकपामा थुर्पै पटक संकटमा पुर्याएको थियो। नेपालप्रचण्ड पक्षले ओलीको राजीनामा नै माग्न थालेपछि ओलीेले उनीहरुसँग प्रतिशोध साँध्दै पुस पाँच गते संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका थिए।

र, भण्डारीले पनि तत्कालै त्यसलाई अनुमोदन गरेकी थिइन्। त्यसबाट ओलीविरुद्ध नेपाल र प्रचण्डलाई एकै ठाउँमा उभिन अझै सहयोग गर्यो। तर संसद पुनःस्थापनाको निर्णय गरेको १२ दिनपछि सर्वोच्च अदालतले नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी ब्यूँताइदिएको थियो।

त्योसँगै नेपालले प्रचण्डको साथ छोडेर नेपाल पक्ष एमालेमै ओलीविरुद्ध संघर्ष गर्ने भन्दै फर्किएको थियो। तर ओलीले नेपाल पक्ष एमालेमा फर्किएको पाँच नबिन्दै यो पक्षको सहमित बिना यो पक्षका सबै पदाधिकारीलाई जिम्मेवारी मुक्त गरिदिए।

त्योसँगै नेपाल पक्षको अनुपस्थितिमा दर्जनौ निर्णय गर्न भ्याएका ओली पछिल्लो पटक नेपाल पक्षसँग झुक्ने मनस्थितिमा थिएनन्। तर संसदमा विश्वासको मत लिने तयारी गर्दै गर्दा उनले नेपालसँग वार्ता अघि बढाएका थिए।

वार्तामा नेपालसँग कुरा नमिरहेका बेला उनले संसदमा विश्वासको मत लिने निर्णय गरेका थिए। तर ओलीले विश्वासको मत लिनेक्रममा नेपाल पक्षका २८ जना सांसद अनुपस्थित रहे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?