दमक गोल्डकपः एपीएफलाई हराउँदै पुलिस फाइनलमा

दमक गोल्डकपः एपीएफलाई हराउँदै पुलिस फाइनलमा
+
-

दमक- झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। पुलिसले एपीएफ क्लबलाई १-० गोलले पराजित गर्दै जित हासिल गरेको हो।

जितसंगै पुलिस गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पुलिसका लागि खेलको ३८ औं मिनेटा निरकुमार राईले गोल गरेका थिए। उनको गोल नै मंगलबारको खेलमा निर्णायक बन्यो। खेलको १२ औं मिनेटमा पुलिसका दिनेश राजवंशीले दिएको पासलाई अजित भण्डारीले हेडमार्फत गोलको प्रयास गरेका थिए। उनको हेडबल क्रसबारमाथिबाट बाहिरिएको थियो।

२१ औं मिनेटमा पुलिसका अभिषेक रिजालको प्रहार पनि गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो। ६७ औं मिनेटमा एपीएफका बिकु लामाको पासमा हरि कार्कीले गरेको प्रहारलाई पुलिसका गोलकिपर किरण चेम्जोङले पञ्च गरेर बचाएका थिए। ७३ औं मिनेटमा एपीएफका सुदीप शिखाकारले गरेको प्रहार पनि गोलकिपर किरणले उत्कृट बचाऊ गरेका थिए।

खेलमा एकमात्र गोलकर्ता निरकुमार राई म्यान अफ द म्याच घोषित भए। उनले नगद ११ हजार रुपैया प्राप्त गरे। गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङदी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पुलिसले बुधबारको खेलको विजेतासंग शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। गोल्डकपको उपाधि विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया प्राप्त गर्नेछ। गोल्डकप दमक नगरपालिकाले आयोजना गरेको हो। बैशाख १९ गतेदेखि सुरु भएको गोल्डकप बैशाख २८ गतेसम्म चल्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?