
काठमाडौँ- संसद विघटन विरुद्ध परेका रिटहरुमा सर्वोच्च अदालतबाट सुनुवाईको क्रम जारी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिव दुई घण्टा छलफल गरेका छन्।
राष्ट्रपति निवास स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ७ बजेदेखि करिव दुई घण्टा राष्ट्रपति भण्डारीसँग छलफल गरेका हुन्।
अर्कोतर्फ सत्तारुढ पार्टी नेकपा एमाले विभाजनको सङघारमा पुगेका बेला प्रधानमन्त्री ओली र राष्ट्रपतिबीचको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ।