
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
उक्त बैठक लगत्तै जसपाका नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुनेछ। यो बैठक यसपटक एमाले सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक हुने बुझिएको छ।
बैठकमा सात माओवादी मन्त्रीहरुको विदाई र जसपाका नयाँ मन्त्रीहरुलाई नियुक्त, आफ्नै पार्टीका मन्त्रीहरुको आन्तरिक जिम्मेवारी हेरफेरबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए।