शेरबहादुर तामाङको मन्त्रीमा इन्ट्री, महामारीमा बदलिए स्वास्थ्य मन्त्रालयमा तीन मन्त्री

शेरबहादुर तामाङको मन्त्रीमा इन्ट्री, महामारीमा बदलिए स्वास्थ्य मन्त्रालयमा तीन मन्त्री
+
-

काठमाडौँ-  कुनै बेला आफ्नो स्वास्थ्य सम्बन्धी विवादस्पद अभिव्यक्तिका कारण मन्त्रीबाट हात धोएका नेकपा एमाले नेता शेरबहादुर तामाङ पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा केपी ओली मन्त्रिपरिषद्‌मा इन्ट्री गरेका छन्।

आफूले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएको पुष्टि गरेका तामाङले यसलाई अवसर र चुनौती रुपमा लिएको बताएका छन्। उनले शनिबार राति नै पद तथा गोपनीयताको सपथग्रहण गर्ने तयारी छ।

तामाङले कानुन, न्याय तथा संघीय मामिला मन्त्री रहँदा डा. गोविन्द केसीको अनशन गलत भएको तर्क प्रस्तुत गर्दा बंगलादेशमा एमबीबीएस पढ्न जाने छात्राहरुलाई लक्षित गर्दै भनेका थिए,‘ मैले सुनेको छु मार्मिक छ कथा हाम्रा छोरीचेलीहरुले आफूलाई नसुम्पीकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन।’
आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएपछि उनले पार्टी निर्देशन अनुसार २०७५ साउन ८ गते रुँदै राजीनामा दिएका थिए।

त्यसपछि लामो समय गुमनाम जस्तै बनेका उनी ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको संघारमा पुगेका बेला ओलीविरुद्धको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार खेमाको पक्षमा उभिएका थिए।

तर पछि सर्वोच्च अदालतले फागुन २३ मा नेकपा भंग गर्नु भन्दा पहिल्यै फागुन ८ गते पुनः उनी ओली खेमामा प्रवेश गरेको घोषणा गरेका थिए।

उनीसँगै उनकी पत्नीसमेत रहेकी प्रदेश १ की सांसद उषाकला राई पनि ओली खेमामा प्रवेश गरेकी थिइन्।

ओली खेमामा उभिएपछि तामाङलाई ओलीले पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएका थिए।

पार्टी कार्यालयको जिम्मेवारी सम्हालेको ४२ दिनपछि तामाङ स्वास्थ्यमन्त्री बन्न लागेका हुन्। गत बैशाख १० गते मात्रै ओलीले उनलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी सुम्पेका थिए।

महामारीमा मन्त्री बदल्ने होड


तर यो सँगै कोरोना महामारी सुरु भएयता सरकारले तेस्रो पटक स्वास्थ्य मन्त्री बदलेको छ। २०७६ मंसिर ५ गते ओलीले आफ्ना पार्टीका विश्वासपात्र भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाएका थिए। त्यसअघि ढकाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री थिए।

उनले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएको ६४ दिनपछि नेपालमा पहिलो पटक कोरोना भाइरसका संक्रमित फेला परेका थिए।

त्यसको करिव एक महिनापछि महामारीले तीव्र रुप लिएको थियो।

तर महामारी नियन्त्रणमा असफल भएको आरोप खेपेका ढकालको हैसियत २०७७ पुस १० गते पुनः परिवर्तन गरिएको थियो।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी थमाएर उनको ठाउँमा ओलीले हृदयश त्रिपाठीलाई ल्याएका थिए। कोरोना विरुद्धको खोप खरीद प्रकरणमा ओली र त्रिपाठीको सम्बन्ध चिसिएको थियो। अब त्रिपाठीको ठाउँमा तामाङलाई आउने भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?