ओम समाज डेन्टल हस्पिटलको कोभिडविरुद्ध निःशुल्क अभियान

ओम समाज डेन्टल हस्पिटलको कोभिडविरुद्ध निःशुल्क अभियान
+
-

काठमाडौँ – ओम समाज डेन्टल हस्पिटलले कोभिड १९ विरुद्ध निःशुल्क सेवा अभियान सुरु गरेको छ।

गत वर्षको लकडाउन अवधिभर ओम समाज डेन्टल हस्पिटलले अशक्त, वृद्धवृद्धा र अस्पताल आउन सम्भव नहुने स्थितिका रोगीलाई लक्ष्य गर्दै तिनका घर–घरमा गई निःशुल्क दन्त सेवा प्रदान गरेको थियो।

यस वर्ष पनि यस हस्पिटलले निःशुल्क एम्बुलेन्स सेवा तथा निःशुल्क प्राथमिक उपचार तथा परामर्श अभियान थालेको जनाएको छ।

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालको अध्यक्ष्यतामा डा.सुभाष घिमिरे, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, क्याप्टेन विजय लामा, शिक्षाविद् कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, कलाकार निखिल उप्रेती, केदार घिमिरे, बिराज समाज(दिनेशकुमार मगर), रामहरि शर्मा, देवेन्द्र प्रधानलगायत समाजसेवी, राष्ट्र सेवक, कलाकार एवं चिकित्सकहरूको सहयोगमा कोभिड १९ विरुद्धमा निःशुल्क सेवा अभियानको थालनी गरिएको हो।

 

यस अभियानले गरिब, दुःखी, निमुखा र असहाय बिरामीलाई निःशुल्क एम्बुलेन्स, अक्सिजन (सास),बेड (बास) र खाना (गाँस) आदि सम्भव भएसम्म उपलब्ध गराउने अस्पतालले जनाएको छ।

ओम समाज डेन्टल हस्पिटलको एउटा एम्बुलेन्सबाट काठमाडौं उपत्यकामा सुरु भएको सेवा अभियान ओम समाजकै चिकित्सकको निजी सवारी साधनलाई समेत एम्बुलेन्स बनाई सेवा विस्तार गर्दै देशभरि सेवा विस्तार गर्ने योजनामा लागिपरेको जनाएको छ।

यसअन्तर्गत पोखरामा सेवा विस्तार भइसकेको र अन्यत्र पनि यो सेवा विस्तारित भएको अझै देशव्यापी रूपमा निःशुल्क सेवा विस्तार गर्ने योजना रहेको जनाइएको छ।

यसैगरी, डा. सुभाष घिमिरे, नायक निखिल उप्रेती र ज्ञानेन्द्रबहादुर शाहीको नेतृत्वमा, शिक्षाविद् कर्णबहादुर शाही, पूर्वएआईजी राजेश श्रेष्ठ, विराज समाजका दिनेशकुमार मगर, शोभा गुरुङलगायत अभियन्ता जेठ २२ गते सुरुमा रामेछाप, सोलुखुम्बु, ओखलढुंगा तथा आसपासका जिल्लामा गई कोभिड १९ विरुद्धको निःशुल्क सेवा अभियानलाई राष्ट्रिय रूपमा विस्तार गरिने र करोडौंको अक्सिजन बनाउने मेसिन अक्सिजन कन्सन्ट्रेटर वितरण गरिने भएको छ।

 

 

यस क्रममा मुलुक भरका विभिन्न जिल्लामा रहेका सबै अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी र उपस्वास्थचौकी, सबै गाउँपालिका र नगरपालिकामा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन प्रयोग हुने अत्यावश्यक सुरक्षा सामग्री वितरण गर्नेदेखि मनोसामाजिक परामर्श दिने तथा विभिन्न क्वारेन्टाइनमा, आइसोलेसनमा वा घरमा बसेका कोभिडका बिरामीलाई कसरी यसबाट बच्ने, संक्रमित भइसकेको भए के गर्नेजस्ता उचित परामर्श पनि दिइने जनाइएको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?