चीनले उत्पादन गरेको नयाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

चीनले उत्पादन गरेको नयाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति
+
-

काठमाडौँ – सरकारले चीनले उत्पादन गरेको कोरोना विरुद्धको नयाँ खोप ‘कोरोनाभ्याक’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सेसले उत्पादन गरेको ‘कोरोनाभ्याक’ लाई नेपालमा आपत्तकालीन प्रयोगको अनुमति दिइएको बताएको छ।

१८ वर्ष भन्दा माथि मानिसहरुले लगाउन मिल्ने ‘कोरोनाभ्याक’ आयादका लागि बायोमेटिक्स प्रालीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा निवेदन दिएको छ।

उसले १० लाख मात्रा ‘कोरोनाभ्याक’ आयात गर्ने योजना बनाएको छ। यो कम्पनीले प्रति डोज २१ सय रुपैयाँ तोकेको छ। तर उसलाई सरकारले ‘कोरोनाभ्याक’ आयातका लागि अनुमति भने दिइसकेको छैन।

बायोम्याटिक्सका निर्देशक बिके भण्डारीले एक दुई दिनभित्रै आफ्नो कम्पनीले ‘कोरोनाभ्याक’ आयातको अनुमति पाउनेमा आशावादी भएको बताए।

उनले जतिछिटो अनुमति पाइन्छ त्यति नै छिटो खोप आयातका लागि प्रक्रिया अघि बढ्ने बताए। यो महिनाको अन्तिमसम्ममा खोप आयात गर्ने उनको योजना छ।

चीनले अनुदानमा दिएको १० लाख मात्रा ‘भेरोसेल’ खोप आइसकेको छ। त्यसअघि उसले अनुदानमै ८ लाख मात्रा ‘भेरोसेल’ खोप नेपाललाई दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?