
काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा निगमले मूल्यवृद्धि गरेको हो।
ती सबैमा हालको मूल्यमा दुई रुपैयाँ वृद्धि गरिएको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए। नयाँ मूल्यअनुसार पेट्रोल १२५, डिजल १०८ र मट्टीतेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ।
एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन।
निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई १५ दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।
निषेधाज्ञाको समयको १५ दिनको हिसाब गर्दा पनि ७१ करोड घाटा हुने देखिएको बताएको छ। अन्य साधारण दिनमा ९३ करोड घाटा रहेको जनाएको छ।