
नागरिकता बेच
नदीनाला बेच
चेलीहरू बेच
चुरेहरू बेच
हरियो वन बेच
हिमालहरू बेच।
मृगौला बेच
मन्दिर र मूर्तिहरू बेच
अरु के-के छन्
खोजी खोजी बेच
यहाँ बिक्री गर्न मिल्ने धेरै सामान छन्
चरित्र बेच
चाहना बेच
आशाहरू बेच
आफन्त बेच
बैंस बेच
विश्वासहरु बेच
आफूले लगाएको लुगा खोलेर बेच
कति पैसा आउला कुन्नि?
आफ्नी आमालाई बेच
न्याय बेच
न्यायमूर्ति बेच
प्रमाण बेच
प्रमाणपत्र बेच
अझै नपुगे नेपालीहरूको सपना बेच
देशै किन चाहियो र
नेपाल बेच