
अ
+
अ
अ
-
काठमाडौँ- नेकपा एमालेको एकता बचाउने प्रयासका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच मंगलबार साढे चार घन्टा लामो वार्ता भएको छ।
मंगलबार अपराह्न सुरु भएको वार्ता बेलुकी ९ बजे सकिएको थियो।
बैठकबाट बाहिरिने क्रममा नेता सुवास नेम्वाङले पार्टी एकताको लागि छलफल र वार्ता जारी रहेको प्रतिक्रिया दिए। उनले छलफल चलिरहेको बताए।
‘पार्टी एकताको पक्षमा हामीबीच निरन्तर छलफल चलिरहेको छ। यो निरन्तर जारी रहन्छ। पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने नै सबैको धारणा रहेको छ,’ उनले भने।
एमाले एकता जोगाउन सक्रिय दोस्रो तहका नेताहरुकै सक्रियतामा वार्ता भएको हो। वार्तामा ओली पक्षका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र बिष्णु रिमाल सहभागी थिए। त्यस्तै, माधव नेपाल पक्षबाट भीम आचार्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे सहभागी थिए।
वार्तामा माधव नेपाल पक्षबाट सहभागी नेता बिष्टले पार्टी एकतालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा नै वार्तामा छलफल भएको जानकारी दिए। ‘सबैको धारणा एकतालाई जोगाउने भन्ने नै छ,’ उनले भने।