
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद रुपमा मन्त्रिपरिषद् विस्तार गरेको केहीबेरमा विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्।
विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादव र सत्तारुढ नेकपा एमालेकै बिद्रोही पक्षका नेता माधवकुमार नेपाल अहिले छलफल गरिरहेको उनीहरु निकट स्रोतले बताएका छन्।
ओलीले बिहीबार मात्रै आफ्नो पार्टी एमाले र जसपाबाट गरी सात जना मन्त्री सहभागी गराई मन्त्रिपरिषद् विस्तार गरेका छन्।
संसद विघटन र प्रधानमन्त्री ओलीको निरन्तरतासम्बन्धी मुद्दा न्यायपालिकामा विचाराधीन रहेका बेला ओलीले दोस्रो पटक मन्त्री मन्त्रिपरिषद् विस्तार गरेका हुन्।