
काठमाडौँ – स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रूपमा विश्वबजारमा बहुप्रतिक्षित मोबाइल फोन रियलमी फ्लाग सिपकिलर सार्वजनिक गरेको छ।
जीटी सिरिज र पहिलो क्वालकम स्न्याप ड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूति प्रदान गर्ने बताइएको छ।
फ्लाग सिप उत्पादनका साथै मध्यमदेखि उच्च सेग्मेन्टको यस ब्रान्डमा मुख्यगरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन तीन वटा विशेषता प्रदान गर्ने जनाइएको छ।
कम्पनीका सीईओ स्काई लीले भने, ‘विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लाग सिपकिलर ल्याउन पाउँदा खुसी छौँ, वर्षको सुरुमा घोषणा गरेअनुसार मध्यमदेखि उच्च सेग्मेन्टको फोनको विभाजनका लागि द्वैतप्लेटफर्म–द्वैतफ्लाग सिप रणनीतिमुताविक यसलाई सार्वजनिक गरिएको हो।’
उपभोक्ताका लागि अधिकतम फ्लाग सिप सुविधा प्रदान गरेर विश्वव्यापी रूपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच प¥याई दैनिक जीवन सशक्तिकरण गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए।