
काठमाडौँ – सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स् क्याम्पेनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रकति जोगाऔं, जलवायु परिवर्तन न्यूनीकरण गरौं भन्ने मूल नाराका साथ बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ३ लाख रुपैयाँ बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा मे २३ मा सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सगरमाथा आरोहीले हस्तान्तरण गरेका थिए।
फादर एन्ड सन्स क्याम्पेनले प्रकृति जोगाऔं महाअभियानअन्तर्गत सात माहदेश र पाँच समुद्रको सफाइ विश्वकै पहिलोपटक गर्ने बताएको छ।
सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले मे २३ मा बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताए।