विपत्तिमा ज्यान गुमाउनेहरूप्रति एमालेले दियो श्रद्धाञ्जली

विपत्तिमा ज्यान गुमाउनेहरूप्रति एमालेले दियो श्रद्धाञ्जली
+
-

काठमाडौँ –प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति नेकपा (एमाले)ले श्रद्धाञ्जली अर्पण गरेको छ।

मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, बेपत्ताको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न नेकपा (एमाले)ले प्रेस वक्तव्य जारी गरी सरकारसँग आग्रह गरेको छ।

बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), गोरखा, लमजुङलगायत जिल्ला बढी प्रभावित भएका छन्।

कतिपयको ज्यान गएको छ भने कैयौं बेपत्ता भएका छन्। सयौं परिवार घरबारबिहीन हुनुपरेको छ।

‘नेकपा (एमाले) प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। बेपत्ताको सकुशल उद्धार हुन सकोस् भन्ने कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

सरकारले विपद् प्रतिकार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिविरुद्ध परिचालित गर्ने निर्णय गरेको छ।
पारित कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेकपा एमालेले सरकारसँग माग गरेको छ।

‘ज्यान जोखिममा राखी उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीको उच्च प्रशंसा गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेकपा (एमाले) प्राकृतिक विपत्तिको यस घडीमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्ण रूपमा परिचालित हुन सबै जनप्रतिनिधि, पार्टी कमिटी र युवा पंक्तिलाई आह्वान गर्दछ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?