
काठमाडौँ –दैनिक रूपमा प्रयोग हुने सम्पूर्ण सामान भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्स वेबसाइट किन्निहो डटकम सञ्चालनमा आएको छ।
कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्स व्यवसायमा सबै किसिमका ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्स वेबसाइट सञ्चालन गरेको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो वेबसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइललगायत इलेक्ट्रोनिक्स, स्टेसनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरञ्जनसम्बन्धी सामग्री उपलब्ध गराउनुका साथै आफ्नै मार्ट पनि सञ्चालन गरेको छ।
कीन्निहोले ग्राहक सेवालाई ध्यानमा राख्दै सबै किसिमका सामान सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ नरेश पोखरेलले जानकारी दिए।