संक्रमण दर घट्यो, पछिल्लो २४ घन्टामा २१.७१ प्रतिशत

संक्रमण दर घट्यो, पछिल्लो २४ घन्टामा २१.७१ प्रतिशत
+
-

काठमाडौँ– पछिल्लो केही दिनदेखि नेपालमा संक्रमितको संख्या ओरालो लाग्दै गएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने संक्रमण हुनेको दर बुधबार २१.७१ प्रतिशत देखिएको छ। नेपालमा दोस्रो लहर सुरु भएपछि संक्रमण दर करिब ५० प्रतिशतसम्म पुगेको थियो।

संक्रमितको संख्या आधाभन्दा धेरै घटेको मन्त्रालयको तथ्यांकले देखाएको छ। विज्ञहरूका अनुसार संक्रमणको ‘पिक’ ओरालो लाग्दै गएको छ।

बुधबार मात्रै १३ हजार २२ जनाको नमुना परीक्षण गर्दा देशभरबाट २ हजार ८२८ जना नयाँ संक्रमित थपिएका छन्।

डा. बाबुराम मरासिनीका अनुसार सहरी क्षेत्रमा भने संक्रमितको संख्यामा कमी आउँदै गए पनि ग्रामीण क्षेत्रमा यो संख्या बढ्दै गएको छ।

‘अस्पतालमा पनि भर्ना हुने चाप घटेको छ। पहिलाको तुलनामा मत्थर भएको हो। तर, ग्रामीण क्षेत्रमा संक्रमण बढ्न थालेको छ’, उनले भने, ‘मेरो व्यक्तिगत अनुभवका आधारमा भन्ने हो भने अहिले संक्रमण दर घटेको हो।’

केही समय अगाडिसम्म बिरामी आत्तिएर अत्यधिक फोन आउने गरे पनि अहिले त्यसरी व्यक्तिगत रूपमा फोन आउने प्रक्रिया घटेको उनले सुनाए।

यस्तै, मन्त्रालयको पछिल्लो तीन दिनको तथ्यांक हेर्ने हो भने ८ हजार ४९१ जनामा संक्रमण पुष्टि भएको छ।

मंगलबार १३ हजार २९० जनाको नमुना परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार गरिएको १४ हजार ८१९ नमुना परीक्षणमा २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको थियो।

बुधबार २ हजार ८२८ जना नयाँ संक्रमित थपिँदै गर्दा ३ हजार ८२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

हालसम्म निको भएर घर फर्किनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?