
काठमाडौँ – नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाजिम्पाटस्थित आफ्नो भवनमा शुक्रबार एक कार्यक्रम आयोजना गरी सुकुना गुरुङको मृत्यु दाबी भुक्तानी गरेको छ।
सुकुना गुरुङले सन् २०१९ जुन ३ मा ५० लाखको दोहोरो दुर्घटना लाभ ५० वर्षे अमृत जीवन बिमा लेख खरिद गरेको र सन् २०२१ मे २८ मा उनको कोरोनाका कारण मृत्यु भएकाले कम्पनीले बिमा दाबीबापत ५६ लाख ३० हजार गुरुङको इच्छाइएको व्यक्ति उनका छोरा बिजेन्द्रलाई भुक्तानी गरेको हो।
उक्त रकम नेसनल लाइफ इन्स्योरेन्सको वित्त विभाग प्रमुख प्रज्वल सायमीले हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा उक्त दाबी आवश्यक कागजात प्राप्त भएको ५ दिनभित्रै दाबी फर्स्यौट गरिएको जानकारी दाबी विभागका प्रमुख नवीन श्रेष्ठले गराएका थिए।