जनकपुरधाम उपमहानगरले ल्यायो १ अर्ब ५३ करोडको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो १ अर्ब ५३ करोडको बजेट
+
-

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले ०७८।७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको छ। उपमहानगरको सातौँ नगरसभामा उपप्रमुख रीताकुमारी मिश्रले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन्।

उपमहानगरले आगामी वर्षका लागि चालुतर्फ ९५ करोड ७५ लाख ६१ हजार अर्थात् ६२.२३ प्रतिशत र पुँजीगततर्फ ५८ करोड १२ लाख अर्थात् ३७.७७ प्रतिशत रकम विनियोजन गरेको छ।

वडाध्यक्षहरूको विवादबीच बजेट ल्याएको उपमहानगरले बजेटमा स्वास्थ्य, शिक्षा तथा कृषिभन्दा तालिम, बैठक भत्ता, सवारी साधन खरिदलाई बढी प्राथमिकता दिएको छ।

उपमहानगरले सवारी साधन खरिदको लागि मात्र ३ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, सवारी साधन मर्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको हो।

उपमहानगरले ०७८।७९ को बजेटमा कार्यक्रम खर्च शीर्षकमा ५ करोड ३८ लाख ७१ हजार, पदाधिकारी बैठक भत्तामा १ करोड १० लाख, पदाधिकारी अन्य सुविधामा २ करोड ५० लाख, सभा सञ्चालन खर्चका लागि ३० लाख रकम विनियोजन गरेको हो।

विभिन्न कार्यक्रमको शीर्षकमा समेत बजेट छुट्याइएको छ। आगामी वर्षका लागि युवालाई सीप विकास तालिमका लागि ९९ लाख, सार्वजनिक सम्पत्ति मर्मत–सम्भारका लागि २ करोड ५५ लाख, विद्युत् संरचना निर्माणका ५ करोड ६१ लाख, अन्य सार्वजनिक निर्माण शीर्षकमा १ करोड बजेट छुट्याइएको छ।

नगरस्तरीय पूर्वाधार योजनाका लागि ९ करोड र वडास्तरीय पूर्वाधार योजनाका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।

उपमहानगरको बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षमा छुट्याइएको बजेटबारे केही खुलाइएको छैन।

त्यस्तै फोहोर–मैला व्यवस्थापनका लागि बजेट उल्लेख छैन भने सो शीर्षकमा चालु वर्ष कति रकम खर्च गरियो भन्ने विषयमा समेत उल्लेख गरिएको छैन।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?