
काठमाडौं- ६० भन्दा बढी जनाको टोलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान जनकपुर ओर्लिएका छन्।
टोलीमाी प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित देवाल, स्पेशल प्रोटेक्सन टिमका प्रमुख अरुण कुमार सिन्हा र एसिस्टेन्ट चिफ एके शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव गोपाल बागले, प्रधानमन्त्रीका स्वकीय सचिव संजिव कुमार सिंला, जनसम्पर्क अधिकृत जगजित ठाकर, विदेश सचिव विजय कुमार गोख्ले , प्रधानमन्त्री कार्यालयका उपसचिव विजय कुमार र विदेश मन्त्रालयका उपसचिव सुधार बलेला छन्। यसैगरी सहयोगी टोलीमा २२ जना छन्।
यसमा मोदीका दुई जना निजी चिकित्सक, एक जना सर्जन, एक जना आईटी विषेशज्ञ र प्रधानमन्त्री कार्यालयका अन्य कर्मचारी छन्। यसैगरी १६ सदस्यीय सुरक्षा प्रतिनिधी टोलीको नेतृत्व भारतीय प्रहरीका एआईजी स्वमित्र पान्डेले गरेका छन्। यसमा अार्मीमा वैभव पट्टेलसहित गुप्तचरका अधिकारी पनि छन्। यसैगरी दुई जना सन्चारकर्मी, उनीहरुका चार जना असिस्टेन्ट र चार जना मर्यादापालक टोलीमा छन्।