दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउन जरुरीः सञ्चारमन्त्री नेम्वाङ

दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउन जरुरीः सञ्चारमन्त्री नेम्वाङ
+
-

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जरुरी रहेको बताएका छन्।

शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताए।

उनले दुर्गम क्षेत्रमा सञ्चार सेवा पु¥याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चारसम्बन्धी कामलाई पूर्णता दिनुपर्ने पनि बताए।

मन्त्री नेम्बाङले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हामीले प्रविधिलाई व्यवस्थित ढंगले तल-तल पुर्‍याउनु जरुरी छ। टेलिफोन र सूचनाका सेवालाई सही ढंगले प्रसारित गर्न र व्यवस्थित र नियमन गर्नु जरुरी छ।’ सही सूचना नागरिकलाई सम्प्रेषण गर्नु जरुरी रहेको उनले बताए।

दुर्गम क्षेत्रमा कम्युनिकेसनका सेवालाई पुर्‍याउन जरुरी रहेको उनले बताए। उनले भने, ‘डिजिटल नेपाल फ्रेमवर्कको कुरालाई एउटा प्याकेजमा पूरा गर्न जरुरी छ। एप्सलाई डिजिटलाइज गरेर सबैलाई केन्द्रीकृत रुपले सञ्चालन गर्न सुरु गरेका छौँ।’

मन्त्री नेम्वाङले जनतालाई शान्ति, सुरक्षा दिलाउने, जनताको जिउधन र हक अधिकारलाई व्यवस्थित गर्ने र सूचना प्रविधिमैत्री बनाएर मुलुकलाई उच्च खालको नागरिकमा रुपान्तरण गर्ने अभियानमा लाग्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?