कोरोनाविरुद्ध लड्न इटालीले गर्‍यो सहयाेग

कोरोनाविरुद्ध लड्न इटालीले गर्‍यो सहयाेग
+
-

काठमाडौँ – नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्न युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ।

ती उपकरण तथा सामग्री शुक्रबार नेपाल आइपुगेको हो। इटाली–नेपाल सरकारको सहायताको अपिललाई ध्यानमा राख्दै स्वास्थ्य उपकरण तथा सामग्री पठाउने युरोपियन युनियनका १२ सदस्य राष्ट्रमध्ये एक हो।

अन्य राष्ट्रमा स्पेन, फिनल्यान्ड, फ्रान्स्, बेल्जियम, जर्मनी, स्लोभेनिया, अष्ट्रिया, माल्टा, डेनमार्क र आयरल्यान्ड छन्।

लिथुवेनिया र जर्मनीबाट अरू थप सहयोग आउने अपेक्षा गरिएको छ।

‘यस चुनौतीपूर्ण समयमा इटाली कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा छ। यसलाई गत २१ मेमा रोममा युरोपियन कमिसनसँगको सह–आयोजनामा आयोजित विश्वव्यापी स्वास्थ्य सम्मेलनले पनि पुष्टि गरेको छ। युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रको ढाँचामार्फत नेपालका लागि प्रदान गरिएको यस राहत उडान नेपाली मित्रहरूप्रति इटालीको सहयोग र ऐक्यबद्धताको द्योतक हो’, नेपालका लागि इटालीका राजदूत महामहिम भिन्सेन्जो डि लुकाले भने, ‘पुनः एक पटक इटालीको ब्रिन्डिसीमा अवस्थित संयुक्त राष्ट्रसंघको मानवीय प्रतिकार्य डिपो (यूएनएचआरडी) विश्वको कुनै पनि ठाउँमा हवाई उडानमार्फत मानवीय सहायता पठाउनका लागि महत्वपूर्ण सावित भएको छ।’

इटालीले उपलब्ध गराएका राहत उपकरणमा २० भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र १० हजार प्रोटेक्टिभ कवरल्स् समावेश छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुल प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन युनियनकी राजदूत महामहिम नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।

टिम युरोप मर्मलाई आत्मसात् गर्दै जर्मनी र फ्रान्सका राजदूत पनि उक्त समारोहमा सहभागी थिए।

‘लामो समयदेखिको मित्र र साझेदारका रूपमा युरोपियन युनियन र यसका सदस्य राष्ट्रहरूले यस कठिन समयमा नेपलालाई यस्तो सहयोग प्रदान गरिरहेका छन्। यी स्वास्थ्य सामग्रीले कोभिड फैलिनबाट रोक्न सहयोग पु¥याउनेछ।

यी सामग्री तथा जनस्वास्थ्यका उपायले नेपालीको अमूल्य जीवन बचाउन मद्दत पु¥याउनेछ’, नेपालका लागि युरोपियन युनियनकी राजदूत महामहिम नोना डेप्रेले भनिन्।

अन्य दाताको सहकार्यमा युरोपियन युनियनले सामग्री वितरण तथा प्रयोगलाई अनुगमन गर्नेछ।

नेपालमा भित्रिएका सामग्रीको परिमाण र काठमाडौंको सिनामंगलस्थित मानवीय स्टेजिङ क्षेत्रबाट बाहिर पठाइएको सामग्रीको विवरण स्वास्थ्य मन्त्रालयको इलजिस्टिक्स म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (इलिमिस) मार्फत अभिलेख गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?