गैरआवासीय नेपाली संघ र सगुनबीच सम्झौता

गैरआवासीय नेपाली संघ र सगुनबीच सम्झौता
+
-

गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी, सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ।

त्यस्तै, प्रवासमा रहेका नेपालीद्वारा सुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ।

गैरआवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन्।

८२ मुलुकमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीले सुरु गरेका नवीनतम विचार तथा परियोजनालाई सघाउँदै आएको छ।

अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीका रूपमा आफूलाई स्थापित गरेर नेपाल, भारतलगायत मुलुकमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुन,सँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं,’ गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले भने।

विश्व ज्ञान सम्मेलनजस्ता कार्यक्रममार्फत प्रवासी नेपालीसँग रहेको सीप, प्रविधि र पुँजी नेपाल भित्र्याउन संघले काम गरिरहेको पनि उनले बताए।

यसैगरी, सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।

सन् २०१५ मा औपचारिक रुपमा सुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालय छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?