एआइजी दरबन्दी थप र सहकुलको सिफारिस: राजनीतिक चलखेलसामु घुँँडा टेकेका ‘शालिन’ आइजिपी

एआइजी दरबन्दी थप र सहकुलको सिफारिस: राजनीतिक चलखेलसामु घुँँडा टेकेका ‘शालिन’ आइजिपी
+
-

काठमाडौं- प्रहरी निरीक्षकदेखि प्रहरी अतिरिक्त महानिरीक्षक-एआइजीसम्म बढुवा हुँदा शैलेश थापाको एउटा पहिचान बलियो बन्दै गएको थियो- इमान्दार, सक्षम र संगठनलाई आवश्यक नेतृत्व दिन सक्ने व्यक्ति।

पछिल्लो यस मानेमा पनि महत्वपूर्ण थियो कि पछिल्ला प्रहरी नेतृत्वहरु राजनीतिको पहरा समातेर शक्तिमा पुगेका प्रशस्तै प्रमाणहरु थिए।

थापालाई त्यस्तो केही चाहिएन र सजिलै नेतृत्व हात पार्न सफल भए। हुन पनि थापा बढुवा भएका हरेक दर्जामा आफ्ना ब्याचीहरुमध्ये पहिलो हुँदै अगाडि बढेका थिए। त्यसैले अपेक्षा थियो- आफ्नो कार्यकालमा उनले संगठनका लागि उदाहरणीय नेतृत्व गर्नेछन्। संगठनलाई बलियो बनाउने छन् र त्यसका लागि संगठनभित्र रहेको बाह्य खासगरी राजनीतिक हस्तक्षेपलाई कम गरेर भावी पुस्तालाई नेतृत्वले हिम्मत गर्न सक्नुपर्छ भन्ने सन्देश दिनेछन्।

थापा आइजिपी बनेको १७ महिना भइसकेको छ। उनको यो कार्यकाल सुरु भएको केही समयमै कोरोना महामारी सुरु भएको थियो। त्यसैले यसबीचमा नेपाल प्रहरी शान्ति सुरक्षा कम र कोरोना महामारीको व्यवस्थापनमा बढी लाग्नुपर्ने अवस्था बन्यो। त्यस हिसाबले संगठनभित्र आन्तरिक सुधारका लागि उनीसँग प्रशस्त्र समय रह्यो।

प्रहरीको सरुवा-बढुवामा राजनीतिक शक्तिको दबाब नदिन र दिए कारबाही गर्ने व्यवस्थासहितको आचारसंहिता ल्याए। सरुवा बढुवालाई वैज्ञानिक बनाइने घोषणा गरे। तर यसबीचमा उनका घोषणाहरु शब्दमा मात्र सीमित रहे र दिनदिनै राजनीतिक शक्तिले संगठनलाई ‘खेलौना’ बनाएको हेरेरै बसिरहेका छन्। राजनीतिक नेतृत्वसँग उनी निरीह बनेको प्रष्ट देखिन्छ।

विश्वराज पोखरेलदेखि सहकुल थापासम्म 

वर्तमानी आइजिपी शैलेश थापा प्रहरी उपरीक्षक-एसपीबाट वरिष्ठ उपरीक्षक-एसएसपीमा बढुवा हुँदा उनका धेरै ब्याचीहरु छुटेका थिए र त्यसपछिको ब्याजका केही प्रहरी अधिकृतहरु उनीसँगै एसएसपी बनाइएका थिए।

त्यस ब्याचको पहिलो नम्बरका एसएसपी थिए विश्वराज पोखरेल जो त्यसअघि सरुवा बढुवामा महत्वपूर्ण  मानिने कर्मचारी प्रशासन शाखामा कार्यरत थिए। उनले एसएसपी बढुवामा आफ्ना ब्याचका धेरै जनालाई उछिनेका थिए। सर्वेन्द्र खनाल आइजिपी रहेको त्यस समयमा एआइजीको दरबन्दी प्राविधिकसहित ४ वटामा सीमित गरियो।

डीआइजीमा बढुवा हुँदा शैलेश थापाहरुको ब्याच अघि बढ्यो, विश्वराज पोखरेलको ब्याच छुट्यो। तर काभ्रेमा भएको सवारी दुर्घटनामा डिआइजीको मृत्यु भएपछि दरबन्दी रिक्त भयो। थापाकै ब्याचीहरु सिनियर एसएसपी थिए तर रिक्त उक्त पदमा विश्वराज पोखरेल बढुवा भए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग महेश बस्नेतको बढ्दो सम्बन्ध र ईश्वर पोखरेल मन्त्रिमण्डलबाट बाहिरिएसँगै नेपाल प्रहरीको भावी नेतृत्वमा जबर्जस्ती नयाँ समीकरण तयार गरिएको छ। फेरि एउटा एआइजी दरबन्दी थप गरेर त्यसमा सोमबार सहकुल थापालाई सिफारिस गरिएको छ। यसको मतलब भावी आइजिपीका लागि पोखरेल ढुक्क भएकोमा थापाको आगमनले अनेक आशंकाहरु सुरु भएका छन्। पक्का छ- अब दुवै जनाको राजनीतिक लबिङ सुरु हुने छ।

त्यसो हुनुमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको ठूलो भूमिका रहेको बताइन्छ। त्यो यस्तो बढुवा थियो कि पोखरेल भावी आइजिपीका रुपमा देखिएका थिए।   विभिन्न शक्ति केन्द्रहरुमा पोखरेलको राम्रो सम्बन्ध रहेको प्रहरी अधिकारीहरु नै बताउँछन्। एआईजीमा तीन दरबन्दी रिक्त रहेको अवस्थामा पोखरेलले राजनीतिक आडमै थापालाई पछि पार्दै बढुवा हुन प्रयास गरेका थिए। तर त्यो सम्भव भएन एउटै ब्याचका थापा र हरिबहादुर पालसँगै सर्वेन्द्र खनालको ब्याचका तारिणी लम्साल एआइजीमा बढुवा भएका थिए।

यही बेला नेपाल प्रहरीमा नायब महानिरीक्षक-डीआइजीहरुको दरबन्दी १४ मा झारियो। डिआइजीमा १० वटा दरबन्दी रिक्त थियो।

एसएसपीमा  आफूभन्दा अगाडि बढुवा भएकालाई पछाडि पार्दै सहकुल थापा पहिलो नम्बरमा रहेर डीआइजीमा बढुवा भए। यसको मतलब आफ्ना ब्याचीहरुमा विश्वराजपछि दोस्रो नम्बरमा सहकुल आए। सहकुलको त्यो रातारातको छलाङ पछाडि तत्कालीन सत्तारुढ दल नेकपाका नेता महेश बस्नेतसँग उनको पारिवारिक र नजिकको सम्बन्ध कारण रहेको बताइन्छ।

सहकुलको रातारातको छलाङले करिब एक वर्ष सिनियर डीआइजी भएपनि पोखरेल ढुक्क देखिएनन्। उनी शैलेश थापाकै ब्याजीहरुसँगै एआइजी बन्ने दाउमा देखिएका थिए। त्यतिबेला  एआइजीका  दुई दरबन्दी रिक्त थियो। आइजिपी थापाले ब्याच मिचेनन् र उनकै ब्याचीहरु प्रद्युम्न कार्की र निरजबहादुर शाही एआइजीमा बढुवा भए। उपलब्ध डीआइजीमध्ये पोखरेल सबैभन्दा सिनियर थिए।

पोखरेलको ब्याचमा डीआइजीबाट सोझै आइजिपी नियुक्त हुने अवस्था थियो। राजनीतिक चलखेलपछि एउटा एआइजी दरबन्दी थपियो जसमा विश्वराज पोखरेल सिफारिस भए। तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको भूमिका यसमा ठूलो रहेको बताइन्छ। यो दरबन्दी थपले पोखरेल नेपाल प्रहरीको भावी आइजिपी बन्ने पक्का थियो। २०७९ वैशाखमा पोखरेल आइजिपी बन्नेवाला थिए।

नेपाल प्रहरीको नियमावलीअनुसार उपलब्ध एआइजीमध्येबाट र एआइजीहरु नभए उपलब्ध डीआइजीहरुमध्येबाट कार्यसम्पादन, वरिष्ठतालगायतका आधारमा आइजिपी नियुक्त हुनुपर्ने व्यवस्था छ। वर्तमान आइजिपी थापाको अवकाशसँगै अन्य तीन जना एआइजीको पनि अवकाश हुने भएकाले पोखरेल बाँकी एक्लो एआइजी हुने थिए।

तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग महेश बस्नेतको बढ्दो सम्बन्ध र ईश्वर पोखरेल मन्त्रिमण्डलबाट बाहिरिएसँगै नेपाल प्रहरीको भावी नेतृत्वमा जबर्जस्ती नयाँ समीकरण तयार गरिएको छ। फेरि एउटा एआइजी दरबन्दी थप गरेर त्यसमा सोमबार सहकुल थापालाई सिफारिस गरिएको छ। यसको मतलब भावी आइजिपीका लागि पोखरेल ढुक्क भएकोमा थापाको आगमनले अनेक आशंकाहरु सुरु भएका छन्। पक्का छ- अब दुवै जनाको राजनीतिक लबिङ सुरु हुने छ।

यसअघि पोखरेल मात्र एआOजी हुँदा यो आवश्यक थिएन।  ‘यदि दुई जना एआOजी दरबन्दी चाहिएको थियो भने त्यो एकैपटक किन थपिएन ? संगठनको नेतृत्वमा पुग्ने अन्तिम दर्जा भएकाले पछिल्लो यो निर्णयले नेपाल प्रहरीमा राजनीतिक नेतृत्वको हस्तक्षेप कतिसम्म छ भन्ने स्पष्ट देखिन्छ’, नेपाल प्रहरीका एक पूर्व एआईजी भन्छन्।

वर्तमान आइजिपी थापाले २०४९ वैशाखमा प्रहरी सेवा सुरु गरेका थिए। त्यो ब्याचमा पाल, शाही, कार्कीलगायत थिए। उनीहरुसँग नाम निकाले पनि त्यसको ११ महिनापछि मात्र विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंहहरुको जागिरे सेवा सुरु भएको थियो। बढुवामा छुट्ने, भेट हुने र सँगै रहनेक्रम चलिरहको थियो। तर एसएसपी बढुवामा अघिल्लो ब्याचलाई समेत विश्वराजले उछिनेकोप्रति उनका ब्याचीहरु खुसी थिएनन्।

अझ डीआइजी र एआइजीमा पोखरेलले ‘सिंगल प्रमोसन’ पाएपछि त्यो उनका ब्याचीहरुलाई सह्य थिएन। प्रहरी अधिकृतहरु विश्वराजका कारण प्रहरी संगठनमा बाह्य शक्तिको प्रभाव नांगो रुपमा देखिएको बताउँछन्। पोखरेलपछि सहुकल पनि ‘तँभन्दा म के कम’ भनेजसरी देखिएका छन्।

यसमा उल्लेखनीय के छ भने सहकुल थापा भक्तपुरका हुन् र वर्तमान आइजिपी शैलेश थापा, गृहसचिव महेश्वर न्यौपाने, नेता महेश बस्नेत सबै भक्तपुरका हुन्। सहकुल-विश्वराजको ब्याचपछि आइजिपी बन्न प्रयासमा देखिएका एसएसपी दीपक थापा पनि भक्तपुरका हुन्। राजनीतिकरुपमा बलियो पहुँच र प्रभाव भएको बताइने दीपक थापाको भूमिका पछिल्लो एआइजी दरबन्दी थप र सहकुलको सिफारिसमा महत्वपूर्ण रहेको स्रोत बताउँछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?