केही दिनमै चीनबाट आउँदै छ १० लाख कोभिड भ्याक्सिन

केही दिनमै चीनबाट आउँदै छ १० लाख कोभिड भ्याक्सिन
+
-

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका छन्। बालुटारमा शुक्रबार भएको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले केही दिनमै चीनबाट खोप आउन लागेको जानकारी गराएका हुन्।

तर त्यसको विस्तृत जानकारी उनले दिएनन्।

स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार सरकारले खरीद गरेको कम्तिमा १० लाख मात्रा चीनको साइनोफार्म खोप नेपाल ल्याउने तयारी गरेको हो। त्यसका लागि खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने तयारी भएको उनको भनाइ छ।

चीनसँग गरेको प्रतिवद्धता अनुसार यो खोपको मूल्यबारे सरकारी अधिकारीहरुले गोप्य राख्ने प्रयास गरेका छन्। यो खोप खरिद प्रक्रियाले लामो समय लिइसकेको छ। मन्त्रिपरिषद् बैठकले उक्त खोप किन्ने निर्णय यसअघि गरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?