
अ
+
अ
अ
-
काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले आफूले दिएको समयसीमा दुई दिनभित्र माधवकुमार नेपाल पक्षले विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता नलिए पार्टी एकता असम्भव भएको घोषणा गरेका छन्।
बालुवाटारमा शुक्रबार चलेको उनी पक्षीय स्थायी कमिटी बैठकमा उनले नेपाल पक्षले दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिए त्यसैलाई पार्टी फुट मान्ने चेतावनी दिएका छन्।
उनले भने,‘ यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटको घोषणा हो ।’ बैठक भोली बस्ने गरी सकिएको छ।