सहिद स्मारक ए डिभिजन लिगका लागि एनआरटीले अनुबन्ध गर्‍यो दुई विदेशी खेलाडी

सहिद स्मारक ए डिभिजन लिगका लागि एनआरटीले अनुबन्ध गर्‍यो दुई विदेशी खेलाडी
+
-

काठमाडौँ – काठमाडौँको पुरानो फुटबल क्लब न्युरोड टिम (एनआरटी)ले असोज पहिलो साताबाट हुने सहिद स्मारक ए डिभिजन लिगका लागि शनिबार दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ।

एनआरटीले राजधानीमा एक कार्यक्रम गरी असोज ३ गतेबाट हुने फरक ढाँचाको लिगका लागि अनुबन्ध गरेको हो।

क्लबले खेलाडीद्वय मासुके ओलुमो र स्टेफेन समीरलाई अनुबन्ध गरेको हो। क्लबले दुई विदेशी खेलाडीलाई १० महिनाका लागि सम्झौता गरेको हो। सम्झौता भएसँगै खेलाडीद्वयले एनआरटीको जर्सीमा ए डिभिजन लिग खेल्नेछन्।

दुवैले टोलीलाई उपाधि दिलाउन प्रयास गर्ने बताए। नयाँ ढाँचाको लिग भनिएको ए डिभिजन लिग यो संस्करणको सुरुमा सिंगल राउन्डका खेल हुनेछन्। त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुनः लिग खेल्ने प्रावधान अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको छ।

यसै कारण फरक ढाँचाबाट सञ्चालन हुन लागेको लिगका लागि एनआरटीले पुराना खेलाडीलाई समेटेर प्रशिक्षण दिइरहेको छ। अघिल्लो संस्करणमा पनि प्रशिक्षण दिएका राजु काजी शाक्यलाई क्लबले प्रशिक्षकको रूपमा निरन्तरता दिएको छ।

प्रशिक्षक राजुकाजी शाक्यले नयाँ विदेशी खेलाडीको अनुबन्धले टोलीमा हौसला मिलेको प्रतिक्रिया दिए। शाक्यले एनआरटीले उपाधि उचाल्ने लक्ष्यसाथ आउँदो प्रतिस्पर्धा गर्ने बताए।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने प्रावधानअन्तर्गत दुई खेलाडीलाई राख्ने व्यवस्था गरेको हो। आगामी दिनमा थप खेलाडी अनुबन्ध गरिने क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताए।

नयाँ संस्करणका लिगका लागि क्लबले पुराना खेलाडीलाई निरन्तरता दिने बताएको छ। एनआरटीले २०१७, २०१९, २०३५ र ०५२ सालमा सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।

चार पटकको च्याम्पियन एनआरटीले मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौँ रेजर्स एफसीबाट खेलेका थिए।

उनीहरूकै प्रदर्शनबाट काठमाडौँ रेजर्सले उपाधि उचालेको थियो। मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए। क्लबमा अहिले १२ पुरानै खेलाडी रहेको पनि क्लबले जनाएको छ। एनआरटीले लिगका लागि करिब १ करोड ६० लाख बजेट छट्याएको जनाएको छ।

सहिद स्मारक ए डिभिजन लिगमा तीन विभागीय टोलीसहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन्। लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुंग्याएको सरस्वती यो सिजन हुनेछैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?