
काठमाडौँ– ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ।
विदेशमा रहेका नेपालीले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ई–सेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्।
नेपालीले सिफ्टमार्फत पठाएको रकम ई–सेवा मनी ट्रान्सफरका नेपालभरका ८ हजारभन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ।
साथै, सीधै ई–सेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ।
सिफ्ट युकेमा अवस्थित अन्तर्राष्ट्रिय विप्रेषण सेवाप्रदायक कम्पनी हो, जसले विश्वभर सजिलो, सुरक्षित र रेमिट्यान्स् सेवा दिँदै आएको छ। सिफ्टले समय र दूरीको अवरोधलाई पार गराई द्रुत रेमिट्यान्स सेवामार्फत विश्वभरका मानिसको आवश्यकता पूरा गर्दै आएको छ। सिफ्टसँग ६ महाद्वीपका २ लाख ५० हजारभन्दा बढी स्थानमा नेटवर्क सञ्जाल छ।
एसिया, युरोप, अफ्रिका, अस्टे«लिया, दक्षिण र उत्तर अमेरिकालगायत विश्वका धेरै बैंक र एक्सचेन्ज कार्यालयबाट विप्रेषण पठाउने सेवा दिँदै आएको छ।