
काठमाडौँ – एमाले विवाद समाधान कार्यदलले सम्भवत: शुक्रबार नै आफ्नो सुझावसहित मस्यौदा तयार पार्ने देखिएको छ।
दिउँसो साढे १२ बजेदेखि सिंहदरबारमा जारी बैठकबाट केहीबेरअघि बाहिरिएका बिद्रोही पक्षका नेता रघुजी पन्तले आजको बैठकमा कार्यदलका सबै सदस्यहरुले पार्टी एकतालाई मजबुत बनाउन सुझाव दिएको र ती सुझावलाई समेटेर मस्यौदा प्रतिवेदन तयार पार्ने काम भएको र यो काम सम्भवत शुक्रबार नै टुंगिने बताए।
उनले भने,‘ आज हामीले आज लामो बैठक बसेर पार्टी एकताका लागि आआफ्ना सुझाव पेश गरेका छौँ। ती सुझावहरुलाई समेटेर सम्भवत आजै मस्यौदा तयार पारिन्छ।’
तर उनले यो मस्यौदामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल दुवैको सहमति भने आवश्यक हुने बताए। ओली र नेपालबीच वार्ताको सम्भावना नभएको उनको भनाइ छ। वार्ता जारी छ।