
काठमाडौँ– सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकारात्मक र सबल हुँदै’ भन्ने मूल नाराका साथ १५औं वार्षिकोत्सव मनाएको छ।
उक्त समारोहमा ‘न यति न उति सीधै लखपति’ योजनाको विजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फूलमती कुमारीलाई १० लाखको चेक हस्तान्तरण गरेको छ।
साथै, कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनीय कार्य गरेबापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ।
आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंक खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आएको छ।