
काठमाडौँ— ई–लर्निङ प्लेटफर्म माई सेकेन्ड टिचरले ई–लर्निङ भिडियोमा अभिनय गर्न प्रतिभाशाली कलाकारलाई आमन्त्रण गरेको छ।
छोटो समयमै विश्वस्तरका कैयौं अवार्डद्वारा सम्मानित यस प्लेटफर्म हालसालै नेपालमा पनि सार्वजनिक गरिएको थियो र हाल २५ हजारभन्दा बढी विद्यार्थीले प्रयोग गर्दै आएका छन्।
यिनै विश्वभरका विद्यार्थी अनि शिक्षकद्वारा प्रयोग गरिने माई सेकेन्ड टिचरको ई–लर्निङ भिडियोमा शिक्षक र विद्यार्थीको भूमिका निभाउन माई सेकेन्ड टिचरले यस अडिसनको अवसर कलाकारमाझ सार्वजनिक गरेको छ।
अडिसनमार्फत शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्न २० जना कलाकार छनोट हुनेछन्। त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रमअनुरुप ई–लर्निङ भिडियोमा अभिनय गर्नेछन् भने बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रमअनुरुप इन्टरनेसनल ई–लर्निङ भिडियोमा अभिनय गर्नेछन् जुन ५० भन्दा बढी देशमा प्रयोग हुनेछ।
हाल माई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत आइजीसीएसई तहका फिजिक्स, केमेस्ट्री, बायोलोजी र म्याथ विषयका भिडियो छन् भने नेपाली पाठ्यक्रमअन्तर्गत कक्षा १० को अंग्रे, विज्ञान, अनिवार्य गणित र अर्थशास्त्रका ई–लर्निङ भिडियो छन्।
नेसनल तथा इन्टरनेसनलाई–लर्निङ भिडियोमा शिक्षकको भूमिकामा देखिने पुरुष र महिला कलाकारको उमेर अनिवार्य २५–४५ वर्षको बीचमा हुनुका साथसाथै विद्यार्थीको भूमिकामा देखिने पुरुष र महिला कलाकारको उमेर पनि १८–२५ वर्षको बीचमा हुनुपर्ने छ।
नेपाली पाठ्यक्रममा अभिनय गर्ने कलाकारको नेपाली र अंग्रेजी भाषाको उच्चारणमा निपुणता हुनुपर्नेछ भने क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रममा अभिनय गर्ने कलाकारको हकमा, अंग्रेजी भाषाको उच्चारण न्युट्रल या ब्रिटिस हुनुपर्नेछ। इच्छुक कलाकारले साउन १ गतेसम्म आवेदन दिन सक्नेछन्।