
काठमाडौँ– नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि कार्ड, स्मार्ट बैंकलगायत लकरमा विभिन्न छुट प्याकेजसहित ‘३७ डेस अफ ह्यापिनेस’ अफर ल्याएको छ।
यस अफरअन्तर्गत नबिल बैंकले सोमबारदेखि ३७ दिनसम्म नया“ व्यक्तिगत बचत खातामा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आइ कार्ड, नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) र लकर शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ।
उक्त अफर असार २८ गतेदेखि भदौ १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खातामा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावले खाता खोली अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् । बैंकको १३५ शाखा, १८३ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट छन्।