ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्बीच सम्झौता

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्बीच सम्झौता
+
-

काठमाडौँ – ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्बीच सहकार्यको लागि सम्झौता भएको छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्को वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो।

सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्का तर्फबाट अध्यक्ष अच्युत गुरागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बैंकले टुर एन्ड ट्राभल एजेन्ट्मा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवा र सहज वित्तीय सेवा प्रदान गर्नेछ।

साथै, ज्योति विकास बैंकले टुर एन्ड ट्राभल एजेन्ट्अन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ।

व्यवसायीले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन्।

यसका साथै बैंकले आधुनिक बैंकिङ, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।

बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?