
काठमाडौँ – खोप लगाइसकेका यात्रुका लागि कतार खुला भएपछि डिस्कभर कतार एयरवेज होलिडेजसँग सहकार्य गर्दै ‘फ्यामेली एन्ड फ्रेन्ड्स’ विशेष प्याकेज ल्याएको छ।
कतार एयरवेज हलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकको परिवार र साथीभाइसँगको अनुभव वृद्धि गर्ने उद्देश्यले होटलहरूमा विशेष छुटको साथ विशेष योजना प्रदान गर्ने भएको हो।
प्रवेशका लागि अनिवार्य सर्तको रूपमा, कतार राज्यले सबै पर्यटकको आगमनसँगै होटल बुकिङ पनि भएको हुनुपर्ने जनाएको थियो।
यस आवश्यकता पूर्तिका लागि सहयोग पुर्याउन ‘फ्यामेली एन्ड फ्रेन्ड्स’ प्याकेज प्रतिव्यक्ति १७२१ कतारी रियाल देखि सुरु हुन्छन् र हिल्टन दोहा, हिल्टन साल्वाबीच रिसोर्टलगायत अग्रणी होटलमा ५, ७ एवं १० रातका लागि उपलब्ध छन्।