लुम्बिनीमा अध्यादेशबाट बजेट ल्याइयो

लुम्बिनीमा अध्यादेशबाट बजेट ल्याइयो
+
-

बुटवल– लुम्बिनी प्रदेश सरकारले संसद्बाट बजेट पास गर्न नसकेपछि अध्यादेशबाट बजेट ल्याएको छ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले सरकारको सिफारिसमा बजेटसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८ र आर्थिक अध्यादेश–२०७८ जारी गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रदेश प्रमुखले अध्यादेश जारी गरेका हुन्।

अध्यादेश जारी भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ। असार १ गते प्रदेश सभामा प्रस्तुत भएको ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सरकारले प्रदेश सभाबाट पारित गराउन नसकेपछि बिहीबार मध्यरातमा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

प्रदेशसभामा छलफल सकिएर निर्णयार्थ पेस गर्ने समयमा बजेट पारित नहुने संकेत पाएपछि मुख्यमन्त्री शंकर पोखरेलसहित सरकारका मन्त्री र सत्ता पक्षका प्रदेशसभा सदस्यले बैठक नै बहिस्कार गरेका थिए।

‘प्रदेश सभामा सत्तापक्ष र विपक्षसँग ४१–४१ जना सांसद रहेको अवस्थामा सभामुखको मत निर्णायक हुने अवस्था आयो’–लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले भने, ‘बजेट पास हुन नदिने विपक्षीको रणनीति बुझेर सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनुपर्‍यो।’

उनले सरकारले कुनै पनि काम अघि बढाउन नसक्नेगरी अवरोध गर्ने संकेत देखिएपछि अध्यादेशमार्फत बजेट ल्याउन बाध्य भएको बताए।
‘राजकाज नै नचल्ने गरी बजेटमा अवरोध भयो, त्यसैले अध्यादेश ल्याउनुप¥यो,’ उनले भने, ‘अध्यादेश जारी भएपछि आजदेखि प्रदेशमा भैपरी आउने खर्च र राजस्व संकलनका लागि बाटो खुलेको छ।’

बिहीबारको प्रदेश सभा बैठक चलिरहँदा बैठक बहिस्कार गरेका मुख्यमन्त्री पोखरेलले बेलुका नै बजेट अधिवेशन अन्त्य गर्ने सिफारिस गरेका थिए।

मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो।
यादवले राति नै अधिवेशन अन्त्य भएको जानकारी प्रदेश सभालाई गराएका थिए।

सरकारले असार १ मा ०७८।७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। सरकारले सदनमा प्रस्तुत गरेको बजेट जस्ताको त्यस्तै विधेयकमार्फत ल्याएको र प्रदेश राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जाने मन्त्री चौधरीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?