
काठमाडौँ – खल्ती डिजिटल वालेटले प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा एक सय रुपैयाँ बोनस प्रदान गर्ने भएको छ। एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सीधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको हो।
यो बोनस अफर पहिलो पटक प्राइम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू हुन्छ। लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती एप अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ।
त्यसैगरी प्रयोगकर्ताको खल्तीवालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्नेछ। उक्त लिंक गरिएको प्राइम बैंक अकाउन्टबाट खल्तीमा निःशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केही सेकेन्डभित्रै जुनसुकै समयमा गर्न सकिन्छ। साथै, लिंक घरबाटै गर्न सम्भव छ।
यो योजना जुलाई १६ देखि ३१ तारिखसम्म खल्तीसँग प्राइम बैंक लिंक गर्ने जो–कोहीलाई लागू हुने खल्ती डिजिटल वालेटका ब्रान्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले जानकारी दिए।