
काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९७ अंकले बढेर दुई हजार ९९४.५८ मा पुगेको छ।
ठूला कम्पनीको सेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा पुगेको छ। कुल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरिद बिक्री भए।
कारोबार भएका १३ उपसमूहमध्ये सोमबार ५ उपसमूहको सेयर ओरालो लाग्दा आठ उपसमूहको सेयर भने उकालो लागेको छ। व्यापार उपसमूहको सेयर उल्लेख्य बिन्दुले बढेको छ। व्यापार उपसमूह १९६.०२ ले बढ्दा बैंकिङ १०.८४, निर्जीवन बिमा १०१.४४, उत्पादन ४१.२३, अन्य १६.८७, जीवन बिमा ५३.१५, सामूहिक लगानी कोष ०.१ र लगानी १.५९ बिन्दुले बढेको छ।
यस्तै, होटल तथा पर्यटन १६.०४, विकास बैंक १८.३, जलविद्युत् १.५४, वित्त २९.७९ र लघुवित्त ४.४२ विन्दुले घटेको छ। सोमबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ।
कारोवारका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको ३५ करोड ४१ लाख ६६ हजार ४४ बराबरको कारोवार भयो।
त्यस्तै नबिल बैंक ३३ करोड १८ लाख १२ हजार ४०९, नेपाल बंगलादेश बैंक ३१ करोड २९ लाख २१ हजार ९००, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर ३० करोड ९६ लाख ८९ हजार २३० र सिनर्जी पावर २८ करोड ९९ हजार ९२ बराबरको कारोबार भई शीर्ष स्थानमा छ।
कारोवारका आधारमा सोमबार सिनर्जी पावरको सेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। विशालबजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाए।
नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए।