
काठमाडौँ– काठमाडौँ महानगरपालिका–१६ स्थित तरुण माध्यमिक विद्यालयमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
प्रधानाध्यापक बाबुराम न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम ‘भूतपूर्व विद्यार्थी समूह २०५४ एसएलसी ब्याचले आयोजना गरेको थियो।
स्वास्थ्य सुरक्षाको मापदण्डलाई ध्यानमा राखेर गुरुपूर्णिमाको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको पूर्व विद्यार्थी देवेन्द्र महर्जनले जानकारी दिए।
कार्यक्रममा निवर्तमान प्रधानाध्यापक प्रमिला काफ्ले, सहायक प्रधानाध्यापक लालकाजी श्रेष्ठ, शिक्षक–शिक्षिका, स्थानीय एवं अध्ययनरत छात्र–छात्रा सहभागी थिए।
सो अवसरमा आयोजक विद्यार्थी समूहलाई धन्यवाद दिँदै प्रधानाध्यापक न्यौपानेले आगामी दिनमा सामाजिक कार्यका लागि स्कुल व्यवस्थापनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘आज अरुका लागि भोलि आफ्ना लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए।