
काठमाडौँ– टु व्हीलर र थ्री व्हीलरको निर्माता टिभीएस मोटर कम्पनीले बिएस–भीआई टिभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई नेपालमा ल्याएको छ।
कम्पनीले बिएस–भीआई एफ आई प्लेटफार्मको दुई संस्करण विकसित गरेको छ। उक्त टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तमा एक रमाइलो रेसिङ अनुभवहरूको सुनिश्चित गर्न डिजाइन गरिएको हो।
टिभीएस एनटर्क नेपालकै सर्वाधिक बिक्री हुने १२५ सिसि प्रिमियम स्कुटरको रूपमा स्थापित भएको छ। टिभीएस एनटर्क १२५ स्कुटर उद्योगको कनेक्टिविटी, ऊर्जा र शैलीको नयाँ युगमा सुरु भयो।
बिएस–आइभी एडिसनले राम्रो प्रदर्शन र एक स्मुथ सवारी अनुभवको साथ यसलाई पुनः परिभाषित गर्नेछ। नयाँ एडिसनले स्कुटरका लागि ५.८ लिटरको फ्युल ट्यांक रहेको कम्पनीले जनाएको छ।