सांसद पद बचाईदिन माग गर्दै लुम्बिनीका पूर्वमाओवादी नेता सर्वोच्चमा

सांसद पद बचाईदिन माग गर्दै लुम्बिनीका पूर्वमाओवादी नेता सर्वोच्चमा
+
-

बुटवल- नेकपा एमाले प्रवेश गरेपछि बर्खास्तीमा परेका लुम्बिनीका दुई पूर्वमाओवादी सांसद अदालत पुगेका छन्।

लुम्बिनी प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरूलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।

तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचनमा लडेकोले दल परिवर्तन गर्न पाउनुपर्ने उनीहरूको जिकीर छ।

‘हामीले संयुक्त निर्वाचन घोषणापत्रका आधारमा निर्वाचन लडेका हौँ। अहिले एमाले प्रवेश गरेको भनेर हामीलाई हटाइयो त्यो काम विधि विधान विपरित छ’, निवेदक न्यौपानेले भने।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि दुवै जनालाई मााओवादी छाडेर एमालेमा सक्रिय रहेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो।

माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्ण बहादुर घर्तीले रुपन्देहीको क्षेत्र नं १ ख र गुल्मीको क्षेत्र नं १ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरूलाई दुवै जनाको सांसद पद रिक्त भएको जानकारी दिएका थिए।

निवेदकहरूले नेकपा माओवादी केन्द्र,लुम्विनी प्रदेश प्रदेशसभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाई निवेदन दिएका छन्। उक्त निवेदनमाथि आज अन्तरिम आदेश हुने नहुने टुंगो लाग्ने निवेदकहरूका तर्फबाट मुद्धा हेरिरहेका अधिवक्ता ईश्वरी भटराईले बताए।

निवेदकहरूको तर्फबाट अधिवक्ता भटराईसँगै वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विजयकान्त मैनाली, शुरेश कुमार महतो, रमेश बडाललगायतले बहस गर्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?