
बुटवल – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कार्यभार सम्हालेका छन्। उनलाई प्रदेश प्रमुखको कार्यालयमा प्रमुखको कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।
उनलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो। सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो।
नेकपा माओवादीको सिफारिसमा सरकारले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो। शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए।
तत्कालिन ओली सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरेको थियो। पदभार ग्रहण गरेपछि प्रमुख शेरचनले आफूले संविधान बमोजिमका अधिकारअनुरूप काम गर्ने बताए।