प्रदेश प्रमुख शेरचनको पदभार ग्रहण लुम्बिनी प्रदेश सरकारद्वारा बहिस्कार

प्रदेश प्रमुख शेरचनको पदभार ग्रहण लुम्बिनी प्रदेश सरकारद्वारा बहिस्कार
+
-

बुटवल– शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव बर्खास्त भए। उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र केही मन्त्रीले भेटेर बिदाइ गरे। बिदाइ उपहार पनि दिए।

यादवको ठाउँमा सरकारले अमिक शेरचनलाई नियुक्त गर्‍यो। उनी बिहीबार सपथ ग्रहण गरेर शुक्रबार पदभार ग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय आए।

उनलाई स्वागत गर्न सरकारका कोही प्रतिनिधि आएनन्। प्रदेशको सबैभन्दा उच्चपदस्थ व्यक्तिले पदभार ग्रहण गरिरहँदा केही मिटरको दूरीमा रहेको मुख्यमन्त्री कार्यालयमा सबैजसो मन्त्रीसमेतको सहभागितामा मुख्यमन्त्रीकै अध्यक्षतामा कार्यक्रम चलिरहेको थियो। तर सरकारका मन्त्री या कुनैपनि प्रतिनिधि प्रदेश प्रमुखको स्वागतमा आएनन्।

शेरचनलाई आफ्नो कार्यालयका कर्मचारीले मात्रै स्वागत गरे। शेरचनलाई कार्यलयमा प्रदेश प्रमुखको कार्यालय सचिव चिरञ्जीवि पौडेलले स्वागत गरेका थिए।

प्रदेश प्रमुखको स्वागतमा गौतमबुद्ध विमानस्थलमा पनि कोही सरकारी प्रतिनिधिहरू पुगेका थिएनन्। शेरचनलाई विमानस्थलमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू र संघीय सरकारका प्रतिनिधि प्रमुख जिल्ला अधिकारी आशमान तामाङले स्वागत गरेका थिए।

यादवको बिदाई समारोहमा पुगेका मुख्यमन्त्री पोख्रेल, आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य लगायतका सरकारका प्रतिनिधिहरू नयाँ प्रदेश प्रमुखको पदभारग्रहण कार्यक्रममा नदेखिनुलाई सरकारले दलगत प्रतिशोध साँधेको भन्दै आलोचना गरिएको छ।

नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षेत्रीले प्रदेश प्रमुखको पदभार ग्रहण तथा स्वागत कार्यक्रममा सरकारी मन्त्री अथवा प्रतिनिधिहरू नदेखिनु पूर्वाग्रही सोच भएको बताए।

उनले भने, ‘प्रदेश प्रमुख नियुक्त भैसकेपछि त साझा हो, तर सिंगो सरकार नै अन्देखाजस्तो गरेर नआउनु आफू अनुकुलको मर्यादा कायम गरेको जस्तो भयो।’

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी भने आफूहरुले औपचारिक जानकारी नपाएको भन्दै तर्क गर्छन्। उनले भने, ‘प्रदेश प्रमुखले कार्यभार सम्हाल्ने भन्ने औपचारिक जानकारी थिएन, अर्को कुरा हामीहरु आफ्नै काममा व्यस्त थियौं, हामी समीक्षा कार्यक्रममा थियौँ।’

तर प्रदेश प्रमुखको कार्यालयले भने औपचारिक जानकारी पठाएको रहेछ। प्रदेश प्रमुखको कार्यालयका कार्यालय प्रमुख चिरञ्जीवि पौडेलले मुख्यमन्त्री कार्यालयका सचिवलाई नै भेटेर नयाँ प्रदेश प्रमुख आउने जानकारी गराएका थिए। मुख्यमन्त्री कार्यालयका सचिव खगेन्द्र सुवेदीलाई भेटेर प्रदेश प्रमुखको कार्यक्रमबारे जानकारी गराएको उनले बताए।

शेरचन माओवादीको कोटामा प्रदेश प्रमुख बनेका हुन् भने यसअघिका यादव एमाले कोटामा प्रदेश प्रमुख बनेका थिए। एमालेको नेतृत्वमा सरकार रहेकाले सरकारले प्रदेश प्रमुखलाई अपहेलित गरेको भन्दै सरकारको सामाजिक सञ्जालमा आलोचना भएको छ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो। केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?