रवीन्द्र मिश्रसँग भिडियो अन्तर्वार्ता

‘विदेशी हस्तक्षेपबाट मुलुकलाई मुक्त गर्न जनमत संग्रह’

+
-

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मुलुकको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, राष्ट्रियतामाथि गम्भीर धक्का लाग्न थालेपछि आफूले संघीयता खारेज र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह हुनुपर्ने प्रस्ताव अघि सारेको दाबी गरेका छन्।

उनले विगत चार वर्षयता नयाँ व्यवस्था या परिवर्तनका नाममा भएका विकृति, बेथिति र भ्रष्टाचारका कारण आफू चुप लाग्न नसकेको र गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतावादीसँग जुध्न नभई आम नेपालीको आवाज बोल्न बाध्य भएको उनले दाबी गरेका छन्।

देशसञ्चारसँगको भिडियो अन्तर्वार्तामा मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षाबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सार्दा आफूलाई राजतन्त्रवादी भन्न नमिल्ने तर्क पनि सँगसँगै अघि सारेका छन्।

‘मैले राजतन्त्रको पक्षमा वकालत गरेको होइन, जनतालाई आफ्नो अधिकार प्रयोग गर्न दिनुपर्छ भनेको हो। कुनै पनि असली लोकतन्त्रवादी राजसंस्थाको पक्षमा हुन सक्दैन। धर्म सापेक्षतावादी हुन सक्दैन। यी दुई अवधारणा आधुनिक लोकतन्त्रसँग मिल्दैनन्।’

यद्यपि राजसंस्थाले राम्रो काम गरेको थियो भन्न हिचकिचाउन पनि नहुने उनको भनाइ छ । राजा महेन्द्रदेखि ज्ञानेन्द्रले मुलुकको रक्षाका लागि गरेका संघर्षको अवमूल्यन गर्न नमिल्ने उनको भनाइ छ।

मिश्रले विदेशीको हस्तक्षेपबाट मुलुकलाई माथि उठाउन प्रत्यक्षरुपमा जनतालाई आफ्नो अधिकार प्रयोग गर्न दिनुपर्ने बताएका छन्। उनले भने, ‘यो देशमा विदेशी राजदूतले नेतालाई खुलेआम भेटेर आन्तरिक मामिलामा हस्तक्षप गर्ने, मध्यरातमा पुगेर प्रधानमन्त्रीलाई गुप्तचर निकायका प्रतिनिधिले थर्काउने जस्ता गतिविधिले यो देशको स्वाधीनता, स्वाभिमान र अखण्डतामा आँच आएको सहन सकिन्छ?’

संघीयताका कारण कमजोर मुलुकमा अनियमितता र भ्रष्टाचार बढ्दै गएकाले यो खारेजीको प्रस्ताव आफूले अघि सारेको मिश्रले बताए।

साथै धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्छ भनेर आफूले धार्मिक राष्ट्र नभनेको उनले स्पष्ट पारे। उनले भने, ‘मुलुकका ८० प्रतिशत हिन्दुहरुको मनोभावमा गहिरो चोट परेको छ। त्यसैले धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्छ भनेको हुँ। यसको अर्थ धार्मिक राष्ट्र बनाउनुपर्छ भनेको होइन। संसारमा एक मात्र हिन्दु राष्ट्र हुँदा नेपालको छुट्टै पहिचान थियो।’

साथै मिश्रले आफ्नो अवधारणा पत्रले आफ्नो पार्टी विभाजन नहुने दाबी पनि गरेका छन्। प्रस्तुत छ उनको भिडियो अन्तर्वार्ता:

https://www.youtube.com/watch?v=78zxosZ_ulo

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?