कोरोना नियन्त्रणमा सबै संयन्त्र सक्रिय राख्न गृहमन्त्री खाँणको निर्देशन

कोरोना नियन्त्रणमा सबै संयन्त्र सक्रिय राख्न गृहमन्त्री खाँणको निर्देशन
+
-

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ।

गृहमन्त्री खाँणले यसको नियन्त्रणका लागि सबैको सहकार्य अपरिहार्य रहेको बताए। उनले भने, ‘कोरोना नियन्त्रण गर्नु राज्यको मुख्य दायित्व हो, यसका लागि राज्यका सबै संयन्त्र सक्रिय हुनुपर्छ।’

उनले कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै बोर्डरमा कोरोना खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य राज्यमन्त्रीलाई आग्रह गरे।

त्यस्तै, बैठकमा सहभागी स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहर सुरु हुनुअघि नै तयारी अवस्थामा रहनुपर्ने बताए।

उनले भने, ‘होल्डिङ सेन्टर निर्माण सन्तोषजनक छैन, यसलाई तीव्रतासाथ व्यवस्थापन गर्नुपर्छ।’

उनले मास्क लगाउन अभिप्रेरित गर्दै यसका लागि विभिन्न संघसंस्था एवं निजी अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले सबै सरकारी अस्पतालमा अक्सिजन व्यवस्थापन गर्न जरुरी रहेको बताए। उनले खोप लगाउने कार्यलाई व्यवस्थित गर्न टोकन व्यवस्थापन गर्ने र खोप केन्द्र बढाउने जानकारी दिए।

उक्त बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राअवि प्रमुख गणेशप्रसाद अधिकारीलगायत सहभागी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?